काठमाडौंको बौद्धमा आगलागी, एक जनाको मृत्यु
Janjati Khabar – Janjati Khabar | २०८२ आषाढ २७, शुक्रबार
काठमाडौं - काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार दिउँसो बौद्धस्थित एक घरको कोठामा आगलागी भएको हो।
आगलागीमा परेर मृत्यु हुनेमा काभ्रे चौरीदेउराली–३ घर भएकी ६५ वर्षीया उर्मिला तामाङ रहेकी छन्। मृतक शारिरिक रुपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि जलेर मृत्यु भएको हो।
आगलागीबाट झ्याल ढोका, लत्ता कपडा पूर्ण रुपमा जलेर क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
Categorized in अपराध-दुर्घटना

