STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा चल्याे मयूर यातायात

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार

काठमाडौं - तीन महिना बढी लामाे लकडाउनपछि काठमाडाैंमा सार्वजनिक यातायात चल्न सुरु भएकाे छ । यसक्रममा काठमाडौंमा मयूर यातायातले यात्रु सेवा थालेको छ । सरकारले तोकेको मापदण्डअनुसार सेवा सुरु गरिएको मयुर यातायातले जानकारी दिएकाे छ । लकडाउनपछि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो । कम्पनीले काठमाडौं-धुलिखेल-पनौती रुटमा दुई वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ । मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ । सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाउन मानेका छैनन् ।
Categorized in उपत्यका