STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा दुईपटक भूकम्पको धक्का महसुस

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ ५, बुधबार

काठमाडौंमा आज बुधबार बिहान दुईपटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहान ५:४२ र ८ः२७ मा काठमाडौंमा भू-कम्पको धक्का महसुस गरिएको हो ।

पहिलाे धक्का महसुस गरिएको भूकम्प लमजुङलाई केन्द्रविन्दु बनाएर गएको थियो । रेक्टर स्केलमा भूकम्पको मापन ५.८ म्याग्नेच्युड मापन गरिएको छ ।

लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महिसुस गरिएको थियो ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।

दाेस्राे भूकम्पकाे धक्का बारे विस्तृत जानकारी आइसकेकाे छैन ।

Categorized in राष्ट्रिय