STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष १४, आइतबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली र चिनियाँ फिल्मका निर्माताबीच फिल्ममेकिङको अनुभव तथा योजना साटासाट र  प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ ।

आगामी ९ जनवरीमा हुन लागेको समारोहमा चिनियाँ फिल्म निर्माता र कलाकारको प्रतिनिधि मण्डल नेपाल आउने तय भएको छ । काठमाडौंस्थित नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी र चीनको चाइना फिल्म एडमिनिस्ट्रेसनले संयुक्तरुपमा सो कार्यक्रम गर्न लागेका हुन् ।

सो अवसरमा तीन चिनियाँ फिल्म प्रदर्शन गरिने भएको छ । ती फिल्म निर्माता कम्पनीका तीन जना सदस्य, दुई जना कलाकारसहित चाइना फिल्म एडमिस्ट्रिेसनका निर्देशक सु याङ आउने तय भएको छ । यसबारे एकेडेमीले यसैसाता विस्तृत जानकारी दिने अध्यक्ष केपी पाठकले जानकारी दिए ।

चिनियाँ टोलीले नेपाल पर्यटन बोर्डसँग पनि नेपालमा छायांकनबारे छलफल गर्ने पाठकले बताए । चलचित्र विकास बोर्डसँग पनि सहकार्यबारे बैठक हुने भएको छ ।  ‘नेपाल र चीनबीच कसरी फिल्मको संयुक्त निर्माणमा साझेदारी हुनसक्छ भन्ने बारेमा पनि छलफल हुनेछ,’ उनले भने ।

उनीहरूले काठमाडौं दरबार स्क्वायर लगायतका छायांकन लोकेसन पनि भ्रमण गर्ने तयारी छ । चाइना डेमा स्क्रिनिङ गरिने फिल्म र कलाकारबारे केही दिनमा टुंगो लाग्ने जनाइएको छ ।

८ जनवरीमा काठमाडौंमा आइपुग्ने टोली १० जनवरीमा फर्किने तय भएको छ । उक्त चिनियाँ टोली नेपालपछि बंगलादेशको ढाकामा हुने फिल्म फेस्टिभलमा सहभागी हुनेछ । नेपालमा चाइना फिल्म डेपछि निकट भविष्यमै चीनमा पनि फिल्म फेस्टिभल गर्ने तयारी भइरहेको पाठकले बताए ।

Categorized in सिनेमा