STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौंसहित दुईजनामा संक्रमण, कुल संक्रमित २४५ पुगे

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार

काठमाडौं – काठमाडौंमा एकजनासहित बिहीबार दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लोपटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।
Categorized in राष्ट्रिय