काठमाडौं–२ मा एमाले प्यानलसहित विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ जेठ २, सोमबार
काठमाडौं– काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी भएका हुन् ।
कुल ३३०३ मत खसेकोमा १३७९ मत ल्याउँदै एमालेको प्यानल विजयी भएको हो ।
यसअघि काठमाडाैं १ मा पनि एमालेले जितेकाे थियाे । महानगरकाे मेयरमा बालेन साहसँग एमालेका केशव स्थापित पछि परे पनि उपमेयरमा सुनिता डंगाेल भारी मतान्तरसहित अग्रता लिएकी छन् ।
Categorized in उपत्यका

