STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्दै

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र २४, सोमबार

काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणको लागि जारी लकडाउनको समयमा काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्ने तयारी हुँदैछ । काठमाडौं मनपाभित्रका ३२ वटा वडामा राहत वितरणको कार्य सोमबार (चैत २४) सकिँदैछ । यसपछिको महत्वपूर्ण कार्य के हुन सक्छ भन्ने विषयमा छलफल गरी निर्णय लिन आकस्मिक बैठक बस्न लागेको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिकाले तत्कालको लागि १० करोड रुपैयाँ रहेको उद्धार कोषबाट वडा–वडामा राहत वितरणको लागि बजेट निकासा गरेको छ । केन्द्रीय सरकारबाट समयमै बजेट निकासा नभएका कारण राहतकार्य तत्काल सम्पन्न गर्न यसरी बजेटको व्यवस्था गरिएको हो । स्मरणीय छ, काठमाडांै महानगरपालिकाभित्र कोरोना भाइरसलाई लिएर व्यापक प्रचारप्रसार, वडा–वडाबाट राहत वितरण तथा सरसफाइको कार्य युद्धस्तरमा भइरहेको छ ।
Categorized in राष्ट्रिय