काठमाडौं महानगरले तीन ठाउँमा टी-२० विश्वकप निःशुल्क देखाउने
Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २२, मंगलबार
काठमाडौं- टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ।
महानगरले नेपालका खेल तीन ठाउँमा लाइभ देखाउन लागेको हो।
नेपाली समयअनुसार पहिलो खेल मंगलबार राति सवा ९ बजेदेखि सुरु हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रिन राखिनेछन्।
यी स्थानहरूमा खेल हेर्न कुनै शुल्क तिर्नु पर्दैन। प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ।
टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ ।
Categorized in खेलकुद

