काठमाडौं ९ बाट एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं - काठमाडौंको क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गर्दै एमालेका श्रेष्ठले विजयी हासिल गरेका हुन् ।
श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । पराजित टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् ।
यसअघि श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं–९ बाट निर्वाचित भएका थिए ।
Categorized in उपत्यका

