STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठ्माडौ को भित्तामा अब संस्कृति झल्कने चित्र बनाउने

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ८, बुधबार

माघ ८, काठमाडौं । काठमाडौंका सडक छेउछाउका भित्ता अब कला संस्कृति झल्कने चित्रले सजिने भएका छन् । सहरको सौन्दर्य बढाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिकाले सहरका भित्ताहरूमा यस्तो सजावट गर्न लागेको हो । यसका लागि महानगरको सहरी योजना आयोगले काम थालेको छ । आयोगका सदस्य मनराजा रञ्जितले सहरको सौन्दर्य बढाउन चालु आर्थिक वर्षभित्र महानगरपालिका क्षेत्रमा भित्तेचित्र बनाइन लागेको जानकारी दिए । महानगरले यसका लागि बजेट व्यवस्थापनसमेत गरिसकेको उनले बताए । सदस्य रञ्जितका अनुसार, पहिलो चरणमा गौशालाको वनकाली, माइतीघर, सिनामंगललगायत स्थानका भित्तामा यस्ता चित्र बनाइने उनले बताए । उनका अनुसार, भित्ताहरूमा इन्द्रजात्रा, हाँडी गाउँको जात्रा, अष्टमात्रिका देवतालगायतको चित्र पनि रहने छ । महानगरले यससम्बन्धी अध्ययन गर्न ललितकला प्रतिष्ठानका कुलपति के।के कर्माचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति समेत बनाएको थियो । उक्त समितिमा प्रतिष्ठानका प्राज्ञ, कलाकार र रञ्जितसमेत सदस्य छन् । समितिको सदस्य सचिवमा भने महानगरको सम्पदा विभाग प्रमुख रहेका छन् । सो समितिले आगामी एक साताभित्र प्रतिवेदनसमेत बुझाउने गरी काम गरिरहेको उनले जानकारी दिए । ‘समितिले दिएको सुझावका आधारमा भित्तेचित्रको काम सुरु हुन्छ’, उनले भने ।
Categorized in राष्ट्रिय