STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

काठ बरामद

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ६, शुक्रबार

सिरहाको मिर्चैया नगरपालिकास्थित एक प्लाइउड उद्योग नजीकै ठूलो परिमाणमा प्रतिबन्धित कर्मा जातको गोलिया काठ बरामद गरिएकोे छ । प्लाइउड उद्योगभन्दा एक किलोमिटर दक्षिणमा थुपारेको अवस्थामा वन कर्मचारीको टोलीले करीब २०० क्यू।फिट   काठ  बरामद गरेको हो । डिभिजन वन कार्यालयबाट जमदार लखन झाको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको  उक्त कार्यालयका सूचना अधिकारी तथा सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवले आज जानकारी दिनुभयो । 
सरकारले कर्मा जातको काठ कटान गर्न प्रतिबन्ध लगाएकाले यसबारे अनुसन्धान थालिएको उहाँले बताउनुभयो । ठूलो सङ्ख्यामा उद्योग नजीकै सो काठ फेला परेकाले  वन कर्मचारी र स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा काठ तस्करी भइरहेको आशङ्का गरिएको छ  । 
Categorized in अपराध-दुर्घटना