STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कान्सको रेड कार्पेटमा नायक प्रदिप खडका र उद्योगपति वरुण चौधरी

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ १३, मंगलबार

यस वर्षको विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभल माअभिनेता प्रदीप खड्का तथा चलचित्र एक्लो का निर्माता प्रदीप शाही पनि सहभागिता जनाएको कुरा चर्चाको विषय भइरहेको बेला नेपालको प्रतिष्ठित एलजी सिने सर्कल अवार्ड का आयोजक संस्था सिनेमा सर्कल नेपाल का संरक्षक तथा चौधरी ग्रुप का प्रबन्ध निर्देशक वरुण चौधरी  पनि यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको कुरा प्रकाशमा आएको छ ।

उद्योगपति चौधरीले सामाजिक सञ्जालमार्फत आफू कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो भन्नु हुँदै कान्सलाई संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुने मंच हो भनि भनेका छन् । यसले हामीलाई  सशक्त कथाहरूले भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्न सम्झाउन सक्छ भनि भनेका छन् । साथै, उनले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरेका छन्।

नेपालको सिर्जनात्मक क्षमतालाई विश्वमञ्चमा प्रस्तुत गर्न पाउँदा गर्व लागेको उनले बताएका छन्। साथै, नेपाली सिनेमाले “दिल र उद्देश्य” का साथ बोलेको सन्देशलाई विश्वसामु उजागर गर्ने प्रतिबद्धता पनि इन्स्टाग्राम मार्फत व्यक्त गरेका छन्।

उनी श्रीमती अनुश्री चौधरीसहित कान्सको उक्त भव्य कार्यक्रममा सहभागी भएका थिए।

यस फेस्टिभलमा अभिनेता प्रदीप खड्का तथा चलचित्र एक्लो का निर्माता प्रदीप शाही पनि सहभागी भएका थिए।

.

Categorized in सिनेमा