STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कामु मुख्य सचिवको जिम्मेवारीमा लीलादेवी गडतौला

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ ९, आइतबार

काठमाडौं- विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा. बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन्।

अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्री कार्यालयकी वरिष्ठ सचिव लीलादेवी गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने भएकी छन् ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिवहरू मध्ये उनी वरिष्ठ हुन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव रहँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा करोडौं रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले अर्यालसहितलाई आइतबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

Categorized in राजनीति