STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कार दुर्घटनामा ३ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २४, शनिबार

काठमाडाैं – रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नं.को कार रोहिणी गाउँपालिका –४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । कार सडकबाट १० मिटर तल पल्टिँदा घाईते भएका चार जनालाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुने तीन जना मध्ये एक जनाको मात्र पहिचान खुलेको छ। मृत्यु हुने रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। मृतक दुई जनाको परिचय खुल्न बाँकी रहेको छ। त्यस्तै रुपन्देही सिद्धार्थ नगरपालिका–४ का ३० वर्षीय अनिल यादव घाइते छन् ।
Categorized in अपराध-दुर्घटना