STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कार दुर्घटना भारतीय नागरिकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २५, शुक्रबार

मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरमा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । गए राति वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा १ य १२८३ नम्बरको कार अघोरमा दुर्घटना हुँदा ४५ वर्षीय सन्तोषसल्वा कुमारको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको आज बिहान हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो दुर्घटनाबाट भारत घर भएका अन्दाजी २४ वर्षीया गोपिकानन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी गरी दुई जना घाइते भएका छन् । प्रहरीका अनुसार, उनीहरुमध्ये एक जना गम्भीर घाइते भएका छन् । उनीहरुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
Categorized in अपराध-दुर्घटना