STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कालिकोट पहिरोमा ६ जनाको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ३०, शुक्रबार

कालिकोट – कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार राति आएको पहिरोले वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरीको मृत्यु भएको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ । घटनाका बारेमा जानकारी प्राप्त हुने बित्तीकै प्रहरी घटना स्थल तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलीले बताए ।
Categorized in अपराध-दुर्घटना