काेराेना संक्रमितको संख्या ४ हजार नाघ्याे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २७, मंगलबार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ४ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेकाे छ ।
कोरोना संक्रमणबाट थप एकको मृत्यु
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत ६८ वर्षीय पुरूषको मंथलबार विहान निधन भएको हो ।
भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका उनलाई सुगर, प्रेसर र मुटुसम्बन्धी रोग थियो । स्वास्थ्यमा समस्या भएपछि पाँच दिनअघि अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।
उनलाई कोभिडको ‘लेभल १’ उपचार गर्ने भरतपुर अस्पतालमा सोमबार साँझ सारिएको थियो चजे उपचारको क्रममा मंगलबार विहान ७ बजेर ६ मिनेटमा मृत्यु भयो ।
Categorized in राष्ट्रिय