STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किन भयो फेसबुक लगआउट?

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २२, मंगलबार

काठमाडौं– मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन्। योसँगै करोडौँ प्रयोगकर्ताहरूले यी प्लेटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका छैनन्।

नेपाली समय अनुसार बेलुकी करिब ९ बजेतिर एक्कासि यी प्लेटफर्मका अकाउन्ट लगआउट भएका छन्। त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका छैनन्।

फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अवरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लेटफर्महरू डाउन भएका हुन्।

तथापि विश्वभर फेसबुक र उसका भगिनी प्लेटफर्म एकसाथ अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन्। यसबाट मेटाका सोसल मिडिया साइटका एप तथा वेब दुबै भर्सन प्रभावित भएका छन्। मेटाकै अर्को प्लाटफर्म ह्वाट्सएप भने चलिरहेको छ। 

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन्। यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ। तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन।

Categorized in विज्ञान-प्रविधि