STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

किस्ट अस्पतालमा मृत्यु भएकी टेकुकी महिलामा कोरोना पुष्टि

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २८, बुधबार

काठमाडौं – मंगलबार राति किस्ट अस्पतालमा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । झाडा, बान्ता र ज्वरोबाट ग्रसित ७८ वर्षीया ती वृद्धा उपचारको लागि अस्पतालहरु चहार्दा चहार्दै कतै भर्ना हुन नसकेर पछि किस्टमा भर्ना भएका थिए । उनको मंगलबार राति आईसीयुमा राखी उपचार हुँदै गर्दा सवा एकबजे मृत्यु भएको हो । मृत्युपछि गरिएको कोरोना परीक्षणमा बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनी बसिरहेको टेकुका स्थानीय र आफन्तहरुको ट्रेसिङ तथा परीक्षणको कार्य थालिने जनाइएको छ । टेकुका स्थानीयले दिएकाे जानकारी अनुसार मृतक महिला टेकुमा एउटा सानाे खाजाघर स‌ंचालन गरी बसेका थिए । उनमा देखिएकाे संक्रमण हाेटलमा आउने ग्राहकबाट सरेकाे हुनसक्ने अनुमान स्थानीयले गरेका छन् ।
Categorized in उपत्यका