कीर्तिपुरका चारजना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ६, मंगलबार
कीर्तिपुर – कीर्तिपुर नगरपालिकाको संयोजनमा सोमबार पहिलोपटक कोरोना संक्रमण परीक्षण थालिएको छ ।
सरफाइ कर्मचारीमा गरिएको उक्त परीक्षणमा चारजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । दुईजना महिला र दुईजना पुरुषमा आरडिटी पोजेटिभ देखिए पनि पिसिआर रिपोर्ट आउन बाँकी छ ।
नगरपालिकाको संयोजनमा कीर्तिपुर अस्पताल र त्रिभुवन विश्वविद्यालयको संयुक्त पहलमा परीक्षण भएको हो ।
नगरपालिकाका मेयर रमेश महर्जनको पहिलो परीक्षण गरिएको थियो भने यसपछि ६० जना सफाइ कर्मचारीको आरडिटी र पिसिआर परीक्षण गरिएको थियो ।
परीक्षणको रिपोर्ट मंगलबार आउने नगरपालिका स्वास्थ्य विभागका प्रमसख शान्तमान मानन्धरले जानकारी दिएका छन् ।
आरडिटी पोजेटिभ आए पनि डराउनुपर्ने स्थिति नरहेको र पिसिआर रिपोर्ट पोजेटिभ आए सतर्क र सजग हुनुपर्ने चिकित्सकहरुको धारणा छ ।
केही दिनअघि काठमाडौं महानगरपालिका फोहरमैला विभागका कर्मचारीहरुको पनि कोरोना परीक्षणमा ३१ जना कर्मचारीको आरडिटी पोजेटिभ आए पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।
Categorized in उपत्यका