STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १०, शनिबार

काठमाडौं – कोरोना परीक्षणअन्तर्गत आरडिटी परीक्षणमा पोजेटिभ आएका कीर्तिपुरका ९ जना स्थानीयको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनस्वास्थ्य प्रयोगशाला टेकुले शनिबार दिएको रिपोर्टमा तिनको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । आरडिटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरु राराहिल स्कुल र त्रिविको क्वारेन्टाइनमा बस्दै आएका थिए । कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई क्वारेन्टाइनबाट घर जान अनुमित मिलेको छ । मेयर रमश महर्जन र उपमेयर सरस्वती खड्को रोहबरमा विभिन्न वडाध्यक्षहरुको उपस्थितिमा स्वास्थ्य विभाग प्रमुख सन्तमान मानन्धरले उनीहरुलाई रिपोर्ट प्रदान गरी सशर्त घर जान अनुमति दिएको छ । उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बसी घरपरिवार तथा छरछिमेकसँग सामाजिक दूरी कायम गरी सजग एवं सतर्क हुनुपर्ने कबुल पनि गराएर मात्र घर जान दिइएको हो ।
Categorized in उपत्यका