STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरको ल्याब स्कूल मंसीर २२ गते कर्मा र कटुम्बमय हुने, टिकट विक्री अन्तिम चरणतिर

Janjati Khabar – ललेन्द्र शाक्य | २०८१ मङ्सिर १८, मंगलबार

मंसीर २२ एकै स्वरमा कीर्तिपुरमा : ल्याब स्कूल कीर्तिपुरमा कर्मा र कुटुम्ब ब्याण्डको ऐतिहासिक धमाका !!!

कीर्तिपुर/आउँदो मंसीर २२ गते शनिबार कीर्तिपुर १० वडास्थित ल्याबोरेटरी माध्यमिक विद्यालय (ल्याब स्कूल)मा चर्चित सांगितिक ब्याण्ड कर्मा ब्याण्डसंगै कुटुम्ब ब्याण्डको सामूहिक कन्सर्टहुने भएको छ ।

मंसीर २२ गते शनिबार दिउँसो ३ बजेदेखि सुरु हुने उक्त कन्सर्टमा कीर्तिपुर क्षेत्रका विभिन्न परम्परागत धिमेबाजा एवं झाँकी पनि प्रस्तुत हुने जानकारी आयोजक संस्थाले दिएको छ ।

कीर्तिपुर नगरपालिकाको प्रवद्र्धन एवं आदि ग्रुप प्रा.लि.को कार्यक्रम व्यवस्थापन तथा प्रवद्र्धन इकाई एएसक्युको आयोजनामा हुन लागेको उक्त कन्सर्टको लोगो श्लोगानको रुपमा “एकै स्वरमा कीर्तिपुरमा” राखिएको छ ।

२५ वर्ष पहिले कीर्तिपुरकै माटोमा जन्मिएको एवं हुर्किएको तथा कीर्तिपुरकै बाटोबाटै कीर्तिपुरको सांगितिक इतिहास र समृद्ध संस्कृतिकलाई जीवन्त बनाउँदै, कर्मा ब्याण्डले आफ्नो स्थापनाकालदेखि नै नेपाली गीत संगीतमा अभूतपूर्व योगदान  पु¥याउँदै आइरहेको छ । 

कीर्तिपुरलाई कर्मथलो बनाएको कर्मा ब्याण्ड र कुटुम्ब फ्यूजन ब्याण्डले नेपाली लोकप्रिय धून एवं मौलिक रचनाहरुलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराएको गर्विलो इतिहासको साक्षी तपाईंहरु यानिकि सम्पूर्ण कीर्तिपुरबासीहरु हुनुहुन्छ भन्दै कर्मा र कुटुम्ब ब्याण्डले संयुक्त रुपमा आफ्नो भनेकै आफ्नै हो, जरुर तपाईंहरुले हामीलाई मायासंगै मन दिनुहुनेछ भन्ने विश्वास गर्दछौं भनेका छन् ।

“सांस्कृतिक एवं प्राकृतिक सम्पदायुक्त शैक्षिक तथा पर्यटकीय शहर, स्वच्छ हराभरा, समावेशी एवं सम्मुनत हाम्रो कीर्तिपुर नगर” को नारालाई सार्थक बनाउन कर्मा र कुटुम्ब ब्याण्डको कन्सर्टले कीर्तिपुर नगरको सांस्कृतिक एवं सांगितिक धरोहरलाई अझै प्रोत्साहन गर्ने, स्थानीय युवापुस्ता र सांगितिक परम्पराहरुलाई एक ठाउँमा ल्याउने उद्देश्यले कर्मा ब्याण्डसंगै कुटुम्ब सांगितिक समूहको बृहत् कन्सर्टमा आफ्नो जातीय भेषभूषा, बाजा र झाँकीसहित कीर्तिपुर नगरभित्रका सम्पूर्ण बाजा खलः परिवारलाई कर्मा एवं कुटुम्ब ब्याण्डले अनुरोध समेत गरेको छ भने ती बाजा खलःहरुलाई केपुको व्यवस्था गरिएको समेत जानकारी दिएको छ ।

हालका युवापुस्ताको ढुकढुकीको रुपमा स्थापित भइसकेको सांगितिक समूह कर्मा र कुटुम्ब ब्याण्डको “एकै स्वरमा कीर्तिपुरमा” कन्सर्टको सम्पूर्ण टिकट हाल विक्री भइसकेको अवस्थामा पुगेको जानकारी दिदैकर्मा ब्याण्डका भोकलिष्ट सुरेनमान महर्जनले “एकै स्वरमा कीर्तिपुरमा” श्लोगानलाई सार्थक एवं सफल पार्नका लागि आउँदो मंसीर २२ गते शनिवार ल्याबोरेटरी स्कूलमा उपस्थितिको लागि सम्पूर्ण संगीतप्रेमीहरुमा आह्वान गर्नुभएको छ ।   

 

 

Categorized in साहित्य-कला