STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा चार रिक्टरको परकम्प

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ४, शनिबार

कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४।६ रिक्टर स्केलको भूकम्प गएको थियो ।
Categorized in राष्ट्रिय