STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा बाघभैरवको म्यूजिक भिडियो विषयक पत्रकार सम्मेलन माघ १७ गते शनिबार

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ माघ १६, शुक्रबार

कीर्तिपुर । आःजु द्यः भजन संकिपा पुचःको आयोजनामा ने.सं. ११४६ सिल्लाथ्व त्रयोदशी÷चतुर्दशी २०८२ माघ १७ गते शनिबार बिहान ८ बजे कीर्तिपुर नगरपालिका ३ वडा खासिबजारस्थित पासा पुचः कीर्ति क्लब भवनको सभाकक्षमा पत्रकार सम्मेलन हुने भएको छ ।

कीर्तिपुरको ऐतिहासिक सम्पदा आःजु द्यः बाघैरवको म्यूजिक भिडियो निर्माण गर्ने विषयमा उक्त पत्रकार सम्मेलन हुने जानकारी आयोजक आःजु द्यः भजन संकिपा पुचःले दिएको छ ।

कीर्तिपुर नगरीमा विराजमान आःजु द्यः बाघभैरवको मौलिकता, धार्मिक महत्व एवं आस्थालाई प्रष्फुटन गर्ने कार्यमा सहयोगीको भूमिका हुनेगरी म्यूजिक भिडियो निर्माण गरी नेपाल लगायत संसारभर प्रचारप्रसार गर्ने साथै कीर्तिपुर नगरपालिकामा धार्मिक पर्यटक बृद्धि गरी नगरको पर्यटन क्षेत्रमा टेवा पु¥याउने हेतुले किम्बदन्ती, लोककथा, इतिहास इत्यादीलाई आधारित बनाई म्यूजिक भिडियो निर्माण गर्नका निम्ति आवश्यक ग्वाहालि हुने उद्देश्यका साथ पत्रकार सम्मेलनको आयोजना गर्नलागेको जानकारी आयोजकले दिएको छ ।

यस म्यूजिक भिडियो निर्माण कार्यमा कीर्तिपुर नगरपालिका एवं गुँदेय् दापा खलः, द्यःध्वाखा दाफा खलः, म्वानःत्वाः दाफा खलःका साथसाथै कीर्तिपुर क्षेत्रका चर्चित प्रतिभावान कलाकारहरु एवं सामाजिक अभियन्ता तथा प्राविधिक फामेली क्रियसन हाउस प्रा.लि.बाट सहयोग हुने जानकारी पनि आयोजकले दिएको छ ।

‘जय जय जय आःजु भैरव छिगु शरणय्...’ बोलको यस गीत नरेन्द्र महर्जन (नरेनमान) को रचना रहेको छ भने लोकलयमा आधारित यस गीतको संगीत स्वयं रचनाकार नरेनमानको रहेको छ ।

यस्तै, यस गीतमा रचनाकार एवं संगीतकार नरेन्द्र महर्जन (नरेनमान) का साथै कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोल, सरोज कुमार महर्जन, दिपा महर्जन, रत्नशोभा महर्जन र रानीशोभा महर्जनको स्वर समाहित छन् ।

चर्चित संगीतकर्मीद्वय जिवित जल्मी एवं सुरेन्द्र श्रेष्ठको संयुक्त रुपमा संगीत संयोजन रहेको यस गीत सुरेन्द्र श्रेष्ठको सूर मेलोडी रिकर्डिङ स्टुडियोमा रिकर्ड गरिएको छ ।

माघ १७ गते शनिबार बिहासन ८ बजे कीर्तिपुर नगरपालिका ३ वडा खासिबजारस्थित पासा पुचः कीर्ति क्लब भवनको सभाकक्षमा हुने पत्रकार सम्मेलनमा सम्पूर्ण संचारकर्मीहरु उपस्थितिको लागि आयोजक आःजु द्यः भजन संकिपा पुचःद्वारा विशेष अनुरोध गरेको छ ।

Categorized in साहित्य-कला