STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा ब्याडमिन्टन प्रतियोगिता सुरु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

ललेन्द्र शाक्य


कीर्तिपुर नगरपालिका वडा नं. ९ स्थित बादेय् गां क्लबको आयोजनामा बादेय्गां कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच कीर्तिपुर ९ वडाध्यक्ष गंगाराम महर्जनले सो प्रतियोगिताको उद्घाटन गरेका छन् । कीर्तिपुर माध्यमिक विद्यालयको ब्याडमिन्टन कोर्टमा जुनियर र सिनियर समूहबीच हुने प्रतियोगिताको लागि ५० जना प्रतियोगीको सहभागिता रहेको एक प्रतियोगी सुविन श्रेष्ठले जानकारी दिएका छन् । सो प्रतियोगिताका संयोजक एवं ९ वडा सदस्य प्रेमकृष्ण श्रेष्ठले एक हप्तासम्म प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिता उद्देश्य टोलका युवा समुदायलाई खेलकुदप्रति आकर्षित गरी स्वस्थ र तन्दुरुस्त राख्न हौसला दिने रहेको श्रेष्ठले जनाएका छन् । टोल विकासमा युवा सहभागिता बढाउने उद्देश्य लिएको क्लबले आफ्नो पहिलो कार्यक्रमको रुपमा प्रतियोगिता आयोजना गरेको श्रेष्ठले जनाएका छन् । ब्याडमिन्टन खेलाडी हरिकृष्ण श्रेष्ठले टोलका स्थानीयहरुमा ब्याडमिन्टन खेलप्रति रुचि जगाउन र दैनिक व्यायामको रुपमा यसलाई खेलाउने उद्देश्यले प्रतियोगिता सुरु भएको जनाएका छन् । प्रतियोगिताको उद्घाटनपछि बोल्दै स्थानीय त्रिलोक श्रेष्ठले टोलको नामै बिगारेर बाहिरी गाउँ भन्दै आएकोमा आपत्ति जनाउँदै स्थानीय र मौलिक नाम प्रचारप्रसार गर्न पनि गाउँकै नामबाट क्लब खोली प्रतियोगिता गर्न लागेको बताएका छन् ।
Categorized in खेलकुद