STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिपुरमा विदेशबाट फर्किएका धेरै, सजग रहन आह्वान

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १३, बिहिबार

५० शय्याको आइसोलेसन वार्ड सुरु


काठमाडौं– कीर्तिपुर नगरपालिकाभित्र विदेशबाट फर्किएका धेरै रहेका र उनीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । यसबारे जनसमुदायले उनीहरुलाई अस्पताल पुगी आवश्यक जाँच गर्नमा जोड दिइरहेका छन् । यसो नगरे कीर्तिपुरमा भयावह स्थिति आउने हुँदा यसतर्फ सचेत रहन कीर्तिपुर नगरपालिका सक्रिय हुनुपर्ने उनीहरुको भनाइ छ । कीर्तिपुर २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा, पर्यटन, संस्कृति विभागका प्रमुख रमेशमान डंगोलले आफ्नो वडामा मेक्सिको, युके र मकाउबाट फर्किएका तीनजना नागरिक सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । यसैगरी, १ वडाका वडाध्यक्ष एवं नगरपालिका सरसफाइ विभागका प्रमु्ख हर्ष महर्जनले आफ्नो वडामा भारतको बैंगलोरबाट चैत ६ गते फर्किएको नागरिक आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी गराएका छन् । १० वडाका वडाध्यक्ष अमन महर्जनले आफ्नो वडामा चैत ६ गते बैंगलोरबाट फर्किएको विद्यार्थी घरमै सेल्फ क्वारेन्टाइनमा रहेको तथा चैत ४ गते कतार एयरवेजबाट फर्किएको सोही वडाका बासिन्दा चेकअपको लागि अस्पताल पुगी आवश्यक जाँच गराइसकेको जानकारी दिएका छन् ।

५० शय्याको आइसोलेसन वार्ड

कीर्तिपुर नगरपालिकाले अहिले विदेशबाट फर्किएकाहरुको जानकारी लिइरहेका छन् । नगरपालिकाको नेतृत्वमा कीर्तिपुर अस्पतालसँग सहकार्य गरी त्रिभुवन विश्वविद्यालयको खालि रहेका भवनमा क्वारेन्टाइन र आइसोलेसन वार्ड बनाएको छ । नगरपालिकाले दिएको जानकारीअनुसार क्वारेन्टाइन र आइसोलेसन वार्डमा ५० बेड रहेका चैत १३ (बिहीबार)देखि आइसोलेशन संचालन हुँदैछ । सरकारले गरेको लकडाउनको समय सबै नागरिकलाई आफ्नै घरमा बस्न र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन पनि नगरपालिको अनुरोध गरेको छ । विदेशबाट फर्किएकाहरु धेरै रहेकाले नगरपालिकाले जनसमुदायलाई घरमै बस्न र भाइरस संक्रमणबाट टाढा रहन अपिल गर्दै सजग र सतर्क रहन आह्वान गरेको छ ।
Categorized in राष्ट्रिय