STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कीर्तिमानी केटु आरोही टोली काठमाडौंमा, मोटरसाइकल र्याली हुँदै

Janjati Khabar – Janjati Khabar | २०७७ माघ १३, मंगलबार

काठमाडाैं – जाडो सिजनमा विश्वको दोस्रो अग्लो हिमाल केटु आरोहण गर्ने कीर्तिमानी नेपाली टोली काठमाडौं आइपुगेको छ । 

आरोहणका लागि खतरनाक मानिने केटु हिमालको आरोहण जाडो सिजनमा भएको थिएन । विश्वका ८ हजारभन्दा अग्ला हिमाल आरोहण गरेको कीर्तिमान् राखेका निर्मल पुर्जा (निम्स दाइ) को नेतृत्वमा १० जना नेपालीले जाडो सिजनमा केटु हिमालको सफल आरोहण गरेका हुन् ।

टोलीको सम्मानमा मोटरसाइकल र्‍याली पनि हुनेछ । र्‍याली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भई तीनकुने, नयाँ बानेश्वर, थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ, ठमेल हुँदै लैनचौरको स्काउट क्षेत्रसम्म पुग्नेछ ।

पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायतका विभिन्न संघसंस्थाले उक्त कार्यक्रम आयोजना गर्नेछन् ।

Categorized in राष्ट्रिय