STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुनै पनि फिल्म तथा सिर्जनात्मक अभिव्यक्तिलाई बिनाकारण राेक्नु नहुने आवाज उठ्यो

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ बैशाख १७, बिहिबार

कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज कलाकर्मीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।

कुनै एक व्यक्तिको विरोधका आधारमा समुदायको धारणा नसुनी उच्च अदालत पाटनले वैशाख १८ गते प्रदर्शन हुने नेपाली फिल्म ‘लालीबजार’माथि प्रदर्शन हुनुभन्दा तीन दिनअघि, वैशाख १५ गते, रोक लगाएको घटनाले अभिव्यक्ति र कलात्मक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको कलाकर्मीहरूले बताएका छन्।

यस्ता घटनाहरू दोहोरिन नदिन र सृजनशील क्षेत्रको स्वतन्त्रताको रक्षा गर्न नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ तथा नेपाल चलचित्र निर्देशक समाजले साझा ऐक्यबद्धता जनाउँदै अदालतको निर्णय एकतर्फी भएको भन्दै विरोध जनाएका छन्।

शान्तिपूर्ण र मर्यादित विरोध कार्यक्रममा कलाकर्मीहरूले हातमा कालो पट्टी बाँधेर १५ मिनेटसम्म मौन प्रदर्शन गरेका थिए।

त्यसपछि आयोजित कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष उदय सुब्बा, महासचिव खगेन्द्र लामिछाने, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, निर्देशक अशोक शर्मा, मनोज पण्डित, गणेश देव पाण्डे, निश्चल बस्नेत, सुयोग गुरुङ, रौनक विक्रम कँडेल , प्रकाश सुबेदी  लगायतले आफ्नो धारणा राख्दै फिल्मबारे निष्कर्षमा पुग्नु अघि यसको विषयवस्तु राम्रोसँग बुझ्नुपर्नेमा जोड दिएका थिए।  

Categorized in सिनेमा