कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ जेठ १८, आइतबार
फिल्म पत्रकारितासँगै फोटो पत्रकारितामा सकृय कुबेर डंगोललाई राष्ट्रिय चलचित्र फोटो पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । स्टारवान इन्टरटेनमेन्टले आयोजना गरेको पाँचौं नेपाल म्युजिक एन्ड फेसन अवार्डमा डंगोललाई १५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिएको हो । उनलाई शनिबार पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उक्त पुरस्कारले सम्मान प्रदान गरेका हुन् ।
डेढ दशकदेखि पत्रकारितामा संलग्न डंगोल पछिल्लो समय मोडलिंग फोटोग्राफीमा अगाडि बढिरहेका छन् । विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनमा कार्यक्रम निर्माताका रुपमा फिल्म पत्रकारिता गरिसकेका डंगोलले छापा माध्यमका शुक्रबार साप्ताहिक, परिवार मासिकमा समेत फोटो पत्रकारिता पनि गरे । हाल आफ्नै केडी फोटो स्टुडियोमार्फत् फोटो तथा भिडियोग्राफी गरिरहेका उनले गत वैशाख १ देखि कलाशैली डटकम अनलाइन पोर्टल पनि संचालनमा ल्याएका छन् ।
Categorized in साहित्य-कला

