STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुर्सी फुटाउने सांसदलाई कारबाही हुने

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

काठमाडौं – नेपाली कांग्रेसले कुर्सी तोडफोडमा संलग्न सांसदलाई कारवाही गर्ने संकेत गरेको छ।

कांग्रेसले प्रदेश ५ का सांसदहरुले गरेको कुर्सी तोडफोड पार्टीको नीति र संस्कृति विपरित भएको जनाएको  छ।

प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानीबारे प्रस्ताव पेश गर्ने क्रममा सोमबार प्रमुख प्रतिपक्षी दल कांग्रेस निकट सांसदहरुले कुर्सी तोडफोड गरेका थिए।

उनीहरुले प्रदेश सरकारको विरोध गर्दै प्रदेश मन्त्रीलाई प्रस्ताव पेश गर्न रोष्ट्रम जाने क्रममा अवरोध प्रयाससमेत गरेका थिए।

कांग्रेस सांसदको हर्कतको चौतर्फी आलोचना भएपछि पार्टीका  प्रवक्ता विश्वप्रकाश शर्माले कुर्सी तोडफोड गर्ने कार्यलाई छिटपुट भनेर नछोप्ने स्पष्ट पारेका छन्।

कांग्रेसका प्रदश ५ का चार सांसदले कुर्सी टेबलमा बजार्ने, रोष्टमतिर फाल्ने र माइक पनि तोडफोड गरेका थिए। प्रदेश सांसदहरु बसिउद्धिन खाँ, बैजनाथ कलवार र अष्टभूजा पाठकले कुर्सी तोडफोड गरेका हुन् भने अर्की एक महिला सांसदले  बोल्ने माइक पनि तोडफोड गरेकी थिइन्। 

लोकतान्त्रिक पार्टीका सांसदहरुले गरेको हर्कतले  कांग्रेसको मात्र नभएर लोकतन्त्रकै खिल्ली उडाएको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताको छ।

Categorized in राजनीति