कुष्ठ प्रभावितलाई खाद्यान्न वितरण
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार
युनाइटेड क्लबद्वारा पोखरा–१५ टटुङ्गास्थित नेपाल कुष्ठरोग निवारण सङ्घ आरोग्य आश्रममा बसोबास गर्ने १४ परिवारलाई खाद्यान्न वितरण गरेको छ । क्लबको नवाँै वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रमअन्तर्गत चामल, दाल, तेल, सावुनलगायत फलफुल गरी कूल रु १० हजार मूल्य बरावरको सामग्री वितरण गरेको हो ।
महोत्सवको माध्यमबाट यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खेलकूद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा जोड दिँदै आएको क्लबका सहकोषाध्यक्ष निर्मला लामिछानेले जानकारी दिनुभयो ।
नेपाल कुष्ठ रोग निवारण सङ्घ पोखरा आरोग्य आश्रमका अध्यक्ष नारायण शर्माले क्लब स्थापनाकालदेखि नै सामाजिक सेवामा समर्पित हुन सफल भएको उल्लेख गर्दै निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
क्लबले पोखराको लेखनाथस्थित पचभैयामा नयाँ पर्यटकीय गन्तव्यको रूपमा खुला चिडियाखानाको निर्माणसँगै विभिन्न विद्यालयलाई शैक्षिक सामग्री वितरण, सेती नदी संरक्षणजस्ता विभिन्न सामाजिक कार्यक्रममा जुट्दै आएको क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय


