STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कुस्तीका राष्ट्रिय खेलाडी विष्ट गम्भीर बिरामी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ११, बुधबार

नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागी एक खेलाडीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ । कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका सुर्खेत वीरेन्द्रनगर–९ लाटीकोइलीका २४ वर्षीय निर्मल विष्टलाई उपचारका लागि काठमाडौँ लगिएको छ । विष्ट कुस्तीका राष्ट्रिय खेलाडी हुनुहुन्छ ।
राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को सहजीकरणमा विष्टको काठमाडौँ बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएकाले आर्थिक स्रोत जुटाउन लागिरहेको उहाँका छिमेकी ऋषि गिरिले जानकारी दिनुभयो । “परिवारको आर्थिक अवस्था कमजोर छ, एउटा राष्ट्रियस्तरको खेलाडीले आर्थिक अभावकै कारण अकालमा मर्नुपर्ने अवस्था आउन नदिन सहयोग जुटाउन लागिरहेका छौँ”, गिरीले भन्नुभयो, “राखेपका साथै प्रदेश सरकारसँग पनि सहयोग मागेका छौँ ।” 
निर्मलको जीवन रक्षाका लागि कुमारी बैंक सुर्खेतमा आमा कोलामु विष्टको नाममा ०२६००४१६५६७००००१ नम्बरको खाता खोलिएको छ भने कलाकार र खेलाडीले ‘निर्मल विष्ट बचाऊँ’ अभियान सञ्चालन गरी आर्थिक सङ्कलन जुटाउन थालेका छन् ।
Categorized in राष्ट्रिय