केजरीवालले भने– जनताको निर्णय हामीलाई स्वीकार्य छ
Janjati Khabar – Janjati Khabar | २०८१ माघ २६, शनिबार
एजेन्सी - दिल्ली विधानसभा चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले हार स्वीकार गरेका छन्। सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा उनले भने– ‘आज दिल्ली चुनावको नतिजा आएको छ र जनताको निर्णय जे भए पनि हामी पूर्ण विनम्रताका साथ स्वीकार गर्छौँ।’
केजरीवालले भने, ‘जनताको निर्णय हामीलाई स्वीकार्य छ। म भारतीय जनता पार्टीलाई यो जितको लागि बधाई दिन्छु। र मलाई आशा छ कि उनीहरूले सबै आशा र अपेक्षाहरू पूरा गर्नेछन्। जनताले दिएको अवसरमा हामीले विगत दश वर्षमा धेरै काम गर्यौँ, शिक्षा, स्वास्थ्य, पानीको क्षेत्रमा। हामीले दिल्लीको पूर्वाधारको लागि पनि काम गर्यौँ।’
उनले थपे, ‘अब जनताले हामीलाई निर्णय दिएका छन्। हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र खेल्ने छैनौँ, समाजसेवा पनि गर्नेछौँ, जनताको सुख–दुःखमा सहयोग गर्नेछौँ। व्यक्तिगत रूपमा हाम्रो आवश्यकता पर्ने जो कोहीलाई पनि सहयोग गर्नेछौँ। किनकि हामी सत्ताको लागि राजनीतिमा आएका होइनौँ। हामी राजनीतिलाई एउटा माध्यम मान्दछौँ जसको माध्यमबाट हामी जनताको सेवा गर्न सक्छौँ र जनताको सुख-दुःखमा सहयोग गर्न सक्छौँ।’
Categorized in अन्तर्राष्ट्रिय

