केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख ३०, बिहिबार
काठमाडौँ - विपक्षी गठबन्धनले विश्वासको मत प्राप्त गर्न नसक्दा पदमुक्त भएका केपी शर्मा ओली पुनः प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको दाबी नगर्ने भएका छन् ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सासदले राजीनामा नदिने भएपछि दुबै दल नयाँ सरकार गठनको दावी नगर्ने निश्कर्षमा पुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको बहुमतमार्फत प्रधानमन्त्रीमा दावी गर्न दिएको समय आज राति ९ बजे सकिँदै छ ।
बहुमतको सरकार गठनका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन आवश्यक पर्छ । तर नेपाली कांग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४९ सांसद मात्र छन् ।
चारैतिरबाट बहुमत पुग्न सक्ने अवस्थाको अन्त्य भएपछि ओली पुनः प्रधानमन्त्री बन्ने बाटो खुलस्त भएको छ ।
Categorized in राजनीति

