STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

केवलकार बन्द हुने

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १९, बिहिबार

यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार सम्ममर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो ।मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिनुभयो । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय