STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोटेश्वरमा ट्याक्सी जलाउन खोज्नेसहित उपत्यकाबाट २३ जना बन्दकर्ता पक्राउ

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण ४, बुधबार

काठमाडौं - काठमाडौं उपत्यकाबाट २३ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने पनि छन् ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपाल बन्दको आह्वान गरेका हुन् ।

Categorized in उपत्यका