कोटेश्वरमा बसको ठक्करबाट एक जनाको मृत्यु
Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ११, शनिबार
काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार कोटेश्वरमा बाटो काट्ने क्रममा जडीबुटीबाट तिनकुनेतर्फ आउँदै गरेको बा४ख ३२५८ नम्बरको बसले ठक्कर दिँदा सन्धुलीका ४५ वर्षीय राम भुजेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर भएका उनको निजामती अस्पताल बानेश्वरमा उपचारका क्रममा मृत्यु भएको कोटेश्वरका ट्राफिक प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिनुभयो । बसका चालक सिन्धुपाल्चोकका कमल बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । –––


