कोरोनाको संक्रमणदर ५० प्रतिशत
Janjati Khabar – Janjati Khabar | २०७८ माघ ४, मंगलबार
माघ ४, काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणदर ५० प्रतिशत पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर ५० प्रतिशत पुगेको जनाएको हो । कोरोनाको दोस्रो लहरको उच्च बिन्दुमा पुग्दा संक्रमणदर ५१ प्रतिशतको हाराहारिमा थियो ।
तेस्रो लहर ५१ प्रतिशतभन्दा माथि पुग्ने मन्त्रालयको अनुमान छ ।


