STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाभाइरसको सन्त्रास : व्यस्त बजार नै सुनसान !

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ५, बुधबार

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको त्रासका कारण एक हप्ताअघिदेखि काठमाडौं सुनसानप्रायः देखिन थालेको छ । काठमाडौंको भीडभाड हुने बजार क्षेत्र असन, ईन्द्रचोक आजभोलि सुनसानजस्तो देखिन थालेको छ । कोरोना भाइरसको संक्रमणको त्रासका कारण गाउँबाट काठमाडौं पुगेकाहरु पुनः गाउँमै फर्किरहेका छन् । काठमाडौंको सधैं व्यस्त रहने खुल्लामञ्च, रत्नपार्क पनि आजभोलि सुनसानजस्तै देखिन थालेको छ । काठमाडौंमा चल्ने भाडाका सवारीसाधनमा पनि कम मात्रामा यात्रु देखिन थालेका छन् । त्रिपुरेश्वर, कुलेश्वर, कलंकी, कालिमाटीजस्ता व्यस्त सडकमा अहिले जाम पनि कमै मात्रामा हुने गरेको छ । व्यस्त बजार नै यसरी सुनसान हुन थाले पसलहरु बन्द गर्नुपर्ने अवस्था आउने चिन्ता व्यापारीहरुले पोखेका छन् । सरकारले चैत ५ गतेसम्म सबै परीक्षा सकाउन विद्यालयहरुलाई आह्वान गरेपछि सबैजसो विद्यालयमा ५ गतेसम्म वार्षिक परीक्षा सकिँदैछ । त्यसपछि विद्यालयहरु बन्द रहने र काठमाडौं अझै बढी सुनसान हुने अनुमान छ ।
Categorized in राष्ट्रिय