STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोनाले मृत्यु भएकी महिलाको शिशुमा कोरोना नेगेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ५, सोमबार

काठमाडौं - कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी युवतीको नवजात शिशुमा काेरोना संक्रमण नेगेटिभ पाइएको छ । शिशुसहित मृतक महिलाकी श्रीमान र परिवारका ४ सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा नवजात शिशु, महिलाका श्रीमानसहित परिवारका पाँच सदस्यमा कोरोना संक्रमण नपाइएको धुलिखेल अस्पतालले जानकारी दिए । वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा छोरा जन्माएकी महिला त्यसपछि सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्था हुँदै उपचारका लागि धुलिखेल ल्याइएको थियो ।बिहीबार उनको मृत्यु भएको थियो ।
Categorized in राष्ट्रिय