STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना आशंकित दुईजनाको वीर अस्पतालमा मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १७, सोमबार

काठमाडौं– कोरोना संक्रमणको आशंका रहेका दुईजना बिरामीको वीर अस्पतालमा मृत्यु भएका छन् । भारतबाट केही दिनअघि मात्र नेपाल आएका ५० वर्षका एक पुरुष तथा चन्द्रागिरी नगरपालिका सतुंगलका ३४ वर्षीय एक महिलाको मृत्यु भएको जनाइएको छ । वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुवैको कोरोना संक्रमणको परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइसकेको तर रिपोर्ट आउन बाँकी रहेका छन् । निमोनियाको समस्या ती महिलालाई आइतबार बेलुका अस्पताल पुर्याइएको थियो भने सोमबार बिहान उनको मृत्यु भएको थियो । ज्वरोको उपचार गर्न अस्पतालमा ल्याइएको पुरुषको भने सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
Categorized in राष्ट्रिय