STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना बिमा स्थगित

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ २३, शुक्रबार

काठमाडौं – कोभिड–१९ विरुद्ध सूरु भएको कोरोना बिमा स्थगित हुने भएको छ । गत वैशाख ७ गतेदेखि औपचारिक रुपमा सुरु गरिएको कोरोना बिमा गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नयाँ रणनीति अपनाउन केही दिनको लागि स्थगित गर्ने निर्णयमा पुगेको बिमा समितिले जनाएको छ । नेपाल विमक संघको नेतृत्वमा पुल मार्फत सुरु गरिएको कोरोना बिमा गर्नेको संख्यामा तीव्र रुपले बढेपछि जोखिम बहनका लागि विदेशी पुनर्विमा कम्पनीसँग सम्झौता गर्न तथा सरकारले आगामी बजेटमा बिमा क्षेत्रलाई प्राथमिकतामा राखेका कारण केही दिनका लागि स्थगित गर्ने निर्णय गरिएको बिमा समितिले जनाएको छ । बिहीबार नियामक निकाय बिमा समिती, निर्जीवन बिमा कम्पनीको छाता संगठन नेपाल बिमक संघ र नेपाल पूर्नर्विमा कम्पनीसँग छलफल गरी केही दिनका लागि कोरोना बिमा पोलिसी स्थगित गर्ने सहमति भएको हो । करिब डेढ महिनाको अवधिमा झण्डै तीन लाख सर्वसाधारणले बिमा गराइसकेको थाहा हुन आएको छ । बिमा कम्पनीको क्षमताभन्दा बढीको जोखिम बहन गर्न नमिल्ने भएकाले कोरोना बिमाको कार्यविधीमा आवश्यक परिमार्जन गरी पुनः सुरु गरिने समितिले जनाएको छ ।
Categorized in बिजनेस