STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना भाइरसका कारण इपिएल स्थगित

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २२, बिहिबार

कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो । “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”, उहाँले भन्नुभयो । यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो । प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ । ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन् ।
Categorized in खेलकुद