STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना संक्रमणबाट काठमाडौंका कांग्रेस नेताको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ९, मंगलबार

काठमाडाैं – नेपाली कांग्रेसका काठमाडौं महानगरपालिका वडा नं. २१ का सभापति गोविन्द रञ्जितकाे कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको छ। ६७ वर्षीय रञ्जितकाे मंगलबार बिहान मृत्यु भएको काठमाडाैं जिल्ला सभापति सबुज बानियाँले जनाएका हुन् । उपचारका क्रममा रञ्जितकाे मृत्यु भएको बताइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि रञ्जित आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटरमा राखिएकाे थियाे । गत निर्वाचनमा रञ्जित काठमाडाै‌ं महानगरपालिका २१ बाट वडाध्यक्षको उम्मेदवार थिए । उनका जहानसहित दुई छाेरी र दुई छाेरा छन् ।
Categorized in उपत्यका