STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कोरोना संक्रमणबाट थप एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ९, शुक्रबार

वीरगन्ज : वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप एकजना वृद्धाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरकी संक्रमित ८५ वर्षीया वृद्धाको शुक्रबार बिहान मृत्यु भएको हो । वीरगन्जको गण्डकस्थित अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा उपचाररत ८५ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको अस्पतालका कोर्डिनेटरले पुष्टि गरेका छन् । मुटु रोगी ती वृद्धाको स्वास्थ्यमा समयस्या देखिएपछि ५ दिन पहिले वीरगन्जकै एडभान्स हस्पिटलमा भर्ना गरिएको थियो । एडभान्स हस्टिलमा उपचारका क्रममा कोरोनाको लक्षण देखिएपछि गत मङगलबार उनको स्वाब परीक्षणका लागि नारायणी अस्पतालको प्रोगशालामा पठाइएको थियो । प्रयोगशालाको परीक्षणमा गत बुधबार राती उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाइ बिहीबार गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा ल्याइएको थियो। आइसोलेनमै उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए । संक्रमित वृद्धाको मृत्यु भएपछि शव व्यवस्थापनबारे छलफल भइरहेको छ।
Categorized in राष्ट्रिय