कोरोना संक्रमित आफै मोटरसाइकल चलाई टेकु अस्पताल पुगे
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ ११, आइतबार
काठमाडौं – उद्धारका लागि एम्बुलेन्स नपाएपछि कोरोना संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं टेकु अस्पताल पुगेका छन् ।
पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका हुन् ।
उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो । तत्काल उनी स्वास्थ्य सुरक्षाका साथ अस्पताल जान तयार भएर बसे पनि कतैबाट पनि एम्बुलेन्स तथा अन्य साधन नआएपछि आफैँले मोटरसाइकल चलाएर अस्पताल गएका हुन् ।
उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन । उनी गाउँबाट काठमाडौं आउजाउ गरिरहन्थे । उनी एउटा राजनीतिक दलको बागमती प्रदेश सदस्यसमेत हुन् ।
संक्रमित फेला परेपछि चाउथेको ढुंगानागाउँ सिल गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयसँग सिल गरिएको ढुंगानागाउँका सबै घरका सदस्यको पिसिआर परीक्षण गर्न माग गरिएको छ । संक्रमित पुरुषका परिवारमासमेत १५ जना भन्दा बढी नातेदार छन् । संक्रमित पुरुष ककनी ३ चाउथे ढुंगानागाउँका हुन् ।
Categorized in राष्ट्रिय