कोरोना संक्रमित बढ्दैगएपछि कपिलवस्तु सिल गरियो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २९, सोमबार
काठमाडौं – कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेपछि जेठ ५ गतेसम्मको लागि सिल गर्ने निर्णय भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछपी आउने क्रम बढेको र भारतबाटै आएकाहरुमा कोरोना संक्रमण भेटिएपछि सुरक्षा समितिले जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरिएको हो ।
सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको जनाइएको छ ।
सिलको अवधिमा तरकारी तथा खाद्यान्न किनमेलका लागि विहान ७ बजेदेखि ९ बजेसम्म समय छुट्याइएको छ ।
Categorized in राष्ट्रिय