क्यानद्वारा सन्दीपमाथिकाे निलम्बन फुकुवा
Janjati Khabar – Janjati Khabar | २०७९ माघ १७, मंगलबार
काठमाडाैं - नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दा झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते निलम्बन गरेको थियो ।सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । उच्च अदालत पाटनकाे आदेशपछि सन्दीप पुस १९ गते २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए ।
यसैबीच, सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको छ।महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो ।
Categorized in अपराध-दुर्घटना

