STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १७, शनिबार

काठमाडाैं - भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको हो । युवक दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।   मृतक युवासहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका थिए । शनिवार विहान चिया खाजा खाएपछि एक्कासी ढलेर मृत्यु भएको जनाइएकाे छ ।  ती युवाको कोरोना परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको थियो । कोरोना परीक्षणका लागि उनीसहित आठ सय जनाको स्वाब संकलन गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाइएको छ । पीसीआर परीक्षणको रिपोर्ट आएपछि मात्र उनको मृत्युको कारण खुल्ने छ ।
Categorized in राष्ट्रिय