क्षेत्रीय तनावका बारेमा इराक र फ्रान्सका विदेशमन्त्रीबीच कुराकानी
Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ८, आइतबार
इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ ।
अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीहरुले जनाएका छन् ।
इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उहाँहरुबीच शनिबार कुराकानी भएको उल्लेख छ ।
फ्रान्सका विदेश मन्त्री ड्रियनले हकिमलाई फोन गर्नुभएको हो । उहाँहरुले आपसी सम्बन्ध बाहेक पछिल्लो विविध अवस्थाका बारेमा छलफल गर्नु भएको वक्तव्यमा उल्लेख छ ।
Categorized in अन्तर्राष्ट्रिय


